Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

क्याबिनेट बैठक रोकेर प्रचण्ड ओली निवासमा

Sunday, April 23, 2017 National Power

१० बैशाख, काठमाडौं – प्रधानमन्त्री प्रचण्ड पूर्वनिर्धारित क्याबिनेट बैठक केहीबेरका लागि रोकेर एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्न ओली निवास तिर लागेका छन् ।

संविधान संशोधन स्थानीय निर्वाचनका विषयमा महत्वपूर्ण छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद बठक अगावै विपक्षी दलका नेता केपीलाई भेटेर सहमति जुटाउन प्रधानमन्त्री ओली निवासतिर लागेको प्रधानमन्त्रीको निजी सचिवालयले  गराएको छ ।
प्रधानमन्त्रीले विहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक डाकेका थिए । बैठकमा सहभागी हुन मन्त्रीहरु सिंहदरबारमा जुटिसकेका छन् । बैठकमा उप-प्रधान तथा गृहमन्त्री विमलेन्द्य्र निधी पनि उपस्थित छन् ।

यसअघि प्रधानमन्त्री प्रचण्डले दुई चरणको चुनावबारे आजै निर्वाचन आयोगका पदाधिकारीसँग समेत छलफल गरेका छन् ।