Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

खड्ग गर्बुजा एकल लोकगायन हुँदै

Saturday, April 22, 2017 National Power

लोकगायक खड्ग गर्बुजा आगामी बैशाख १६ गते नेपाल प्रज्ञा प्रतिष्ठानबाट एकल लोकगायनमा प्रस्तुत हुने भएका छन् । आजबाट लोकगायनका लागि औपचारिक रुपमा बाद्यवादकहरुसँग गायनको अभ्यास सुरु गरेका गर्बुजाले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आफूले २१ वटा गीतसहित एकल लोक गायन गर्न लागेको बताएका हुन् । म्याग्दी कलाकार समाज काठमाडौंको आयोजनामा हुन लागेको मोना आइ.ई.सी. खड्ग गर्बुजा एकल लोक गायन कार्यक्रममा बोल्दै गायक गर्बुजाले आफूले मौलिक लोक संस्कृतिको लागि केही भए पनि टेवा पुगोस् र आगामी दिनमा हराउँदै गएको मौलिक लोकसंस्कृतिलाई पुनः सम्झना दिलाओस् भन्नका लागि लोक गायनको आवश्यकता महसुस गरेको बताए ।
म्याग्दीको मराङ गाविसमा २०२६ साल माघ २५ गते जन्मिएका खड्ग गर्बुजाले शास्त्रीय संगीतको समेत ज्ञान हासिल गरेका छन् । उनले त्यो रानी बनको तिरतिरे धारो, हेर्दा हेर्दै कान्छीले सोले डाँडा काट्यो बरिलै, छ फूल बनैमा, सुन मुरलीलाई,  जस्ता सालैजो, कौरा, यानीमाया, ठाडो भाका, रोइला, शिरफूल भाका, साहिलो भाका जस्ता गीत गाएर मौलिक लोक गायनलाई विश्वमा रहेका नेपालीमाझ चिनाएका छन् । १५ जनाभन्दा बढी वाद्यवादकका साथ आफूलाई एकल गायनमा प्रस्तुत गर्दै गरेका गर्बुजाले आफ्नो लोकगायनले पछिल्लो समय नेपाली लोकसंस्कृतिमा देखिएको मौलिकपनको अभावलाई सम्झाउने र पुनः मौलिकतामा फर्कनेहरुलाई उत्प्रेरित गर्ने बताएका थिए । गर्बुजाले आगामी बैशाख १६ गते हुने एकल गायनलाई सम्पूर्ण मिडिया, तह र तप्काबाट सहयोग मिल्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रम म्याग्दी कलाकार संघका अध्यक्ष बिल पूर्जा मगरको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम संघका सचिव राम गगनले संचालन गरेका थिए ।