Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

मधेशी माेर्चा र सरकार सहमतीकाे नजिक

Friday, April 21, 2017 National Power

८ बैशाख, काठमाडौं – सरकार र मधेस केन्द्रित दलबिचको छलफल सकारात्मक भएपनि बेलुकी फेरि बैठक बस्ने भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मधेस केन्द्रित दलका नेताहरुले सरकारले ल्याएको संविधान संशोधन विधेयक परिमार्जन भएमा चुनावमा सहभागी हुने संकेत गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै नेता लक्ष्मणलाल कर्णले सरकारले परिमार्जन सहित संशोधन गर्ने प्रतिबद्धता जनाए । तर अहिलेकै विधेयक स्वीकार्य नहुने उनीहरुले अडान दोहोर्याएका छन् । हिजो मात्रै पार्टी एकता गरेका मधेसी नेताहरुलाई प्रधानमन्त्रीले वार्तामा बोलाएको हो । वैठकमा प्रधानमन्त्री पुसष्पकमल दाहालले संशोधन विधेयकमा सहमति गरेर वैशाख ३१ गते हुने चुनावमा सहभागी हुन आह्वान गरेका थिए ।

चुनावभन्दा संविधान संशोधन  मुख्य चासो भएको भन्दै मधेस केन्द्रित दलका नेताहरुले भने , सरकारले ल्याएको प्रस्तावमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका थिए । संविधान संशोधन प्रस्ताव र स्थानीय तहको चुनावमा सहमति जुटाउन सत्तारुढ दलको बैठक दिउँसो ३ बजे बस्नेछ । यस विषयमा एमालेसँग पनि कुरा हुने माओवादी नेता वर्षमान पुनले जानकारी दिए । बेलुकी ५ बजे सरकार र मधेसवादी दलबिच फेरि बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।