Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

१ सय १३ किमि सडक कालोपत्रे गर्ने काम सकियो

Friday, April 21, 2017 National Power


८ वैशाख, काठमाण्डौं – मध्यपहाडी लोकमार्गको को भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । पाँचथरको चियोभञ्ज्याङबाट सुरु हुने यो राजमार्ग बैतडी झुलाघाटमा टुंगिन्छ ।

पूर्वदेखि पश्चिमसम्मको सबै खण्डमा ट्रयाक खोल्ने काम सकिएको सडक विभागले जनाएको छ । सम्पूर्ण सडक ४ वर्षभित्र कालोपत्रे गरिने विभागका एक अधिकारीले दाबी गरे । पश्चिम खण्डमा १४ जिल्ला पर्छन्, तीमध्ये १० जिल्लामा कालोपत्रे भइरहेको र हालसम्म ६ अर्ब रुपैयाँ खर्च भइसकेको अधिकारीले बताए ।

पूर्वी खण्डका प्रमुख सतेन्द्र शाक्यले चियोभज्याङमा ट्रयाक खोल्ने काम भए पनि कालोपत्रे गर्न समस्या भएको बताए । सम्पूर्ण राजमार्ग कालोपत्रे भए मध्यपहाडी भेगमा बस्ने मानिसको जीवनस्तरमा परिवर्तन आउने उनले बताए ।

सरकारले २० वर्षमा प्रत्येक सहरमा १ लाख जनसंख्या अटाउने महत्त्वाकांक्षी योजनासाथ पाँचथरको फिदिम, धादिङको बैरेनी गल्छी, तेह्रथुमको वसन्तपुर, रुकुमको चौरजहारी,
सिन्धुलीको खुर्कोट, तनहुँको डुम्रे, बागलुङको बुर्तीबाङ, दैलेखको राकम, अछामको साँफेबगर र बैतडीको पाटनलाई नयाँ सहर घोषणा गरिसकेको छ ।