८ बैशाख, भद्रपुर – दुईजना भारतीय युवालाई झापाको भद्रपुर नगरपालिका–८ स्थित एक घरबाट चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत विहार गलगलियाका ३० वर्षीय मोहम्मद जवहुल र पश्चिम बङ्गाल नक्सालबाडीका १६ वर्षीय राहुल सोर्या रहेको वडाका प्रहरीले जानकारी दिए। भद्रपुर–८ स्थित सुरज रेग्मीको घरमा चोरी गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । घरको झ्यालबाट मोबाइल चोरी गर्न खोजिरहेको अवस्थामा स्थानीयवासीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ परेका मोहम्मद जबहुल तीन वर्षदेखि झापाका विभिन्न स्थानमा चोरी गर्दै आइरहेको प्रहरीलाई बयान दिएको प्रनि चौधरीले बताए । राहुल विगत छ महिनादेखि चोरी घटनामा संलग्न भएको र उनीहरुले नेपालबाट ५० भन्दा बढी साइकल र २५ भन्दा बढी मोबाइल, पर्ससहित नगद चोरी गरिसकेको प्रहरीलाई बयान दिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइसकेको प्रहरी निरीक्षक चौधरीले बताए।