Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

आतंककारी हमलामा एक प्रहरीको गोली हानी हत्या,दुई जना घाइते

Friday, April 21, 2017 National Power

८ बैशाख, काठमाडौं –  पेरिसमा भएको आतंककारी हमलामा एक प्रहरी अधिकारीलाई गोली हानी हत्या गरिएको छ भने दुई जना घाइते भएका छन् ।
उक्त आक्रमणपछि भाग्न खोजेको शंकास्पद बन्दुकधारीलाई फ्रान्सको प्रहरीले गोली हानी मारेको बीबीसीले जनाएको छ ।

समाचारअनुसार एक एक्लो बन्दुकधारीले मध्य पेरिसको पर्यटकीय हिसाबले लोकप्रिय च्याम्प इलिसिसमा गाडीबाट ओर्लेर प्रहरी अधिकारीलाई गोली हानिएको थियो ।
राष्ट्रपति फ्रान्स्वाँ होल्याण्डले उक्त घटना आतंककारी आक्रमण नै भएको भन्ने विश्वस्त भएको बताएका छन् ।मुस्लिम अतिवादी संगठन इस्लामिक स्टेटले आफ्ना एक सैनिकले सो घटना गराएको दाबी गरेको छ । फ्रान्समा भएका पछिल्ला यस्ता आक्रमणहरुमा मुस्लिम अतिवादीको संलग्नता रहँदै आएको छ । फ्रान्समा यहि महिना हुन गइरहेको राष्ट्रपति चुनावको प्रमुख एजेन्डा बन्न पुगेको छ । समाचार संस्था एफपीका अनुसार सन् २०१५ देखि मात्र  फ्रान्समा अतिवादीको आक्रमणमा २३८ जनाको मृत्यु भएको छ । फ्रान्सको आन्तरिक मन्त्रालयले प्रहरी अधिकारीलाई लक्षित गरेर आक्रमण गरेको निस्कर्ष निकालेको छ । आक्रमणकारीको नाम भने सार्वजनिक गरिएको छैन । बन्दुकधारीले एक  राइफलद्वारा गोली हानेका थिए ।