Wednesday 25th November 2020

    गतिशिल महासंघका लागि सबल नेतृत्व : सुबोधकुमार गुप्ता    कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख नाघ्यो    युटुबरमाथि अक्षयको ५ सय करोडको मानहानीको केस    अदालतका रजिष्ट्रार र श्रेस्तेदारहरुको राष्ट्रिय सम्मेलन सुरु    कक्षा १२ को परीक्षा सुरु

बालुवाटारमा सरकार र मधेशी मोर्चा बीचको बैठक सुरु

Friday, April 21, 2017 National Power


८ बैशाख, काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरूको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बलाुवाटार स्रोतले जानकारी दियो ।

बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भइरहेको बुझिएको छ । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, सशांक कोइराला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता वर्षामान पुन ‘अनन्त’, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ, अनिलकुमार झा, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, हृदयेश त्रिपाठी लगायत सहभागी छन् भने, बैठक जारी छ ।