Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

धनगढी टिम चौराहा फाइनलमा

Thursday, April 20, 2017 National Power


७ बैशाख, धनगढी – धनगढी प्रिमियर लिग अन्तर्गत आज धनगढी टिम चौराहा र रुपन्देही च्यालेन्जर विच दोश्रो क्वालिफायर खेल भइरहेको छ ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा टिम चौराहाले शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले हरायो ।
समूह चरणका ५ मध्ये मात्र दुई खेल जितेको टिम चौराहा रन रेटका अंक तालिकाको आधार चौथो स्थानमा रहँदै अघिल्लो चरण पुगेको थियो ।समूह चरणको अन्तिम खेलमा रुपन्देही र टिम चौराहा नै भिडेका थिए । प्ले अफमा स्थान बनाउन रुपन्देहीले दिएको ९२ रनको लक्ष्य टिम चौराहाले १४ ओभरमा भेट्टाउनु पर्ने थियो । पारसले २१ बलमा ४२ रन बनाएपछि ११ ओभरमा नै लक्ष्य पुरा गर्दै टिम चौराहा अघिल्लो चरण पुग्यो । आज पनि पारस चम्किए र रुपेन्देहीलाई पन्छाउँदै टिम चौराहा फाइनलमा पुगेको छ ।