Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

वाइड बडी जहाज खरिदका लागि मन्त्रिपरिषद्ले जमानी बसिदिने

Thursday, April 20, 2017 National Power

७ बैशाख, काठमाडौं  – नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको वाइड बडी जहाजका लागि मन्त्रिपरिषद् जमानी बस्ने निर्णय गरेपछि सबै बाटो खुलेको निगमले जनाएको छ ।

निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले एयरबस ए ३३० नामक २ वटा वाइडबडी जहाज खरिद सम्झौता गरिसकेकाले चैतको अन्तिम साता निगम र अमेरिकन कम्पनी एएआर कर्पोरेसनले नेतृत्व गरेको कन्सोर्टियमबीच दुईवटा वाइडबडीको खरिद गर्ने सम्झौता भएको बताए ।

नेपाल वायुसेवा निगमको तर्फबाट महाप्रबन्धक सुगतरत्न कंसाकार र एएआरका तर्फबाट प्रमुख दीपक शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

निगमले गत फागुन ४ गते दुईवटा वाइडबडी जहाज खरिद गर्न एएआरलाई १० लाख अमेरिकी डलर वैना पठाइसकेको छ ।सम्झौताअनुसार पहिलो विमान सन् २०१८ अप्रिलमा र दोस्रो सोही वर्षको मेसम्ममा नेपालमा आइपुग्ने छ ।

प्रवक्ता श्रेष्ठले भने निगमले किन्न लागेको २८० सिट क्षमताको एयरबस फ्रान्सको टुलुज सहरमा छ । २८० मध्ये १६ वटा बिजनेस क्लासका सिट क्षमता रहेको छ।