Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

गुन्डागर्दीको आरोपमा ५ जनालाई पक्राउ

Thursday, April 20, 2017 National Power

७ बैशाख,  घोराही – बुधबार  दाङको घोराहीमा गुन्डागर्दीको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर ६ का २५ वर्षीय विशाल योगी, २१ वर्षीय कमल केसी, तुलसीपुर १४ का २१ वर्षीय लक्ष्मण डाँगी, लमही ५ का २१ वर्षीय सन्दीप कुँवर र १८ वर्षीय विमल सेर्पाइली रहेका छन् । यसैगरी तीन महिनाअघि खुकुरी प्रहार गरी फरार तुलसीपुर ६ का २० वर्षीय असिमसिंह राठौरलाई पनि प्रहरीले पक्राउ गरेको छ । राठौरले माघ २९ मा तुलसीपुर ४, रक्षाचौरका चेतन ओली र गणेश हमाल तथा फागुन २९ मा तुलसीपुर ६ का मोहित शाहलाई खुकुरी र रड प्रहार गरेको प्रहरीले जनाएको छ ।