Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

विराटनगर किंग्स फाइनलमा, रुपन्देही २९ रनले पराजित

Wednesday, April 19, 2017 National Power

 

६ बैशाख, धनगढी – विराटनगर किंग्स धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वालिफाएर खेलमा रुपन्देही च्यालेन्जरलाइ २९ रनले पराजित गरी फाइनलमा प्रवेश गरेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाइ १२८ रन बनायो । उसका लागि आसिफ शेखले ३६ रन जोड्दा कप्तान शरद भेष्वाकरले २४ रनको योगदान गरे । रुपन्देहीका लागि कप्तान शक्ति गौचनले ३ विकेट लिएका थिए ।

जवाफमा १२९ रनको विजयी लक्ष्य सहित मैदानका उर्तेको रुपन्देही २० ओभरमा सबै विकेट गुमाइ मात्र ९९ रन जोड्न सफल भयो । रुपन्देहीका लागि पुष्प थापाले २२ तथा विक्रम सोवले २३ रन जोड्नु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।
विराटनगरका लागि सुशिल कँडेलले ४ विकेट लिए भने सन्दिप लामिछानेले २ विकेट लिए ।

अब रुपन्देहीले फाइनल प्रवेशका लागि आज हुने दोश्रो खेल चौराहा टिम धनगढी र काठमाडौँ गोल्डेन्स विचको विजेतासंग प्रतिष्पर्धा गर्नेछ ।