Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

अन्डर १९ को फुटबल खेल्न अमेरिका गएका युवाको दुर्घटनामा परी मृत्यु

Wednesday, April 19, 2017 National Power

६ बैशाख, क्यालिफोर्निया – अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको कार दुर्घटनामा परी एक नेपाली युवाको ज्यान गएको छ । सोमबार क्यालिफोर्नियाको सान फ्रान्सिस्को क्षेत्रमा भएको कार दुर्घटनामा अन्दाजी २० वर्षका एक युवकको ज्यान गएको हो । पुन थरको युवक बताइए पनि मृतकको परिचय प्रष्ट हुन सकेको छैन ।

बाग्लुङ स्थायी ठेगाना भएका युवक गत वर्ष मात्र अमेरिका आएका थिए । गत वर्ष अन्डर १९ को फुटबल खेल्न अमेरिका आएका उनी स्थानीय रेस्टुरेन्टमा काम गर्ने गर्दथे । सान फ्रान्सिस्कोका समाजसेवी उत्तम कार्कीले बताए।क्यालिफोर्नियाको फार्ट ब्रागबाट डेभिस फर्कने क्रममा विदाको दिन सोमबार दिउँसो उनको दुर्घटनामा परी ज्यान गएको कार्कीले जानकारी दिए।