Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

चुनावको छलफल गर्न मुख्य पाँच दलको बैठक बस्दै

Wednesday, April 19, 2017 National Power

६ बैशाख, काठमाण्डौँ – बैशाख ३१ गते हुन गइरहेको चुनावको तयारीका विषयमा छलफल गर्न मुख्य पाँच दलको बैठक बस्दैछ । निर्वाचनको विषयमा धेरैथरी टिप्पणी आइरहेका बेला साझा धारणा बनाउन मुख्य पाँच दलको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहीबेरमा बस्ने बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेता सहभागी हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सत्तारुढ कांग्रेसकै केही नेताहरुले निर्वाचन सार्नु पर्ने र दुई चरणमा गर्नुपर्ने अभिव्यक्ति दिइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले तोकिएको मितिमै निर्वाचन हुने भन्दै सुरक्षा निकायका प्रमुखहरुलाई आश्वस्त बनाएका छन। निर्वाचन आयोगले पनि निर्वाचनको मिति नसर्ने प्रष्ट पारेको छ । निर्वाचन बिथोल्ने गरी मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेपनि कुनै हालतमा निर्वाचन सफल पार्ने गरी एउटै धारणा बनाउन प्रधानमन्त्रीले पाँच दलको बैठक आह्वान गरेको हो ।