Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

चुनावको छलफल गर्न मुख्य पाँच दलको बैठक बस्दै

Wednesday, April 19, 2017 National Power

६ बैशाख, काठमाण्डौँ – बैशाख ३१ गते हुन गइरहेको चुनावको तयारीका विषयमा छलफल गर्न मुख्य पाँच दलको बैठक बस्दैछ । निर्वाचनको विषयमा धेरैथरी टिप्पणी आइरहेका बेला साझा धारणा बनाउन मुख्य पाँच दलको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहीबेरमा बस्ने बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेता सहभागी हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सत्तारुढ कांग्रेसकै केही नेताहरुले निर्वाचन सार्नु पर्ने र दुई चरणमा गर्नुपर्ने अभिव्यक्ति दिइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले तोकिएको मितिमै निर्वाचन हुने भन्दै सुरक्षा निकायका प्रमुखहरुलाई आश्वस्त बनाएका छन। निर्वाचन आयोगले पनि निर्वाचनको मिति नसर्ने प्रष्ट पारेको छ । निर्वाचन बिथोल्ने गरी मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेपनि कुनै हालतमा निर्वाचन सफल पार्ने गरी एउटै धारणा बनाउन प्रधानमन्त्रीले पाँच दलको बैठक आह्वान गरेको हो ।