Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

आयोगको निर्णय नसच्चिएसम्म सरकार र सदन छोड्ने चेतावनी

Tuesday, April 18, 2017 National Power


५ बैशाख, दाङ – उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले सरकार र सदन छोड्ने चेतावनी दिएका छन् ।

थापाले राप्रपा हिन्दू राष्ट्र र राजसंस्था सहितको लोकतान्त्रिक पार्टी भएकोले यस विषयमा निर्वाचन आयोगले गरेको निर्णय नसच्याइए सरकार र सदन दुवै छोड्ने चेतावनी दिएका हुन् ।

रिपोटर्स क्लवले मंगलवार तुलसिपुरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उपप्रधान मन्त्री थापाले हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र पार्टीको आत्मा भएको भन्दै यस विषयमा निर्वाचन आयोगले गरेको निर्णय नसच्याइए निर्वाचनमा भाग नलिने संकेत गरे ।
आयोगको निर्णय नसच्चिएसम्म आफूहरु सरकारमा बस्नु र नवस्नुको कुनै अर्थ नरहेको बताउदै थापाले राप्रपालाई जवरजस्ति आन्दोलन लैजाने कसरत सुरु गरिएको आरोप लगाए ।