Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

अपहरणमा परेका भारतीय नागरिकलाई सकुशल मुक्त

Tuesday, April 18, 2017 National Power

५ वैशाख, सप्तरी – अपहरणमा परेका एक भारतीय नागरिकलाई मंगलबार बिहान सगरमाथा अञ्चल प्रहरीले सिरहाको लहान १५ बेताहबाट सकुशल मुक्त गराएको छ । अपहरणमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् ।
गत चैत २३ गते भारत बिहारस्थित मझारीका २३ वर्षका प्रदीप यादव अपहरणमा परेका थिए । राजविराजस्थित सगरमाथा अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी बलराम शर्मा पौडेल नेतृत्वको प्रहरी टोलीले सात दिनको प्रयासपछि अपहरणमा परेका भारतीय नागरिक यादवलाई बिहान सिरहाको लहान १५ बेताह निवासी रमेश लामाको घरबाट सकुशल मुक्त गराएको हो ।
अपहरणमा संलग्न रहेको आरोपमा लामासहित सिरहाका किसुनदेव यादव, जयराम यादव र सप्तरी बिसनपुरका दिपनारायण यादवलाई पक्राउ गरिएको एसएसपी बलराम शर्मा पौडेलले बताए।