Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

नेप्से परिसूचक १ दशमलव ८६ प्रतिशत घट्यो

Tuesday, April 18, 2017 National Power

५ वैशाख, काठमाडौं – मङ्गलवार नेप्से परिसूचक १ दशमलव ८६ प्रतिशत घटेको छ ।

पहिलो कारोबार देखि निरन्तर ओरालो लागेको बजार १ घण्टाको व्यापारमा परिसूचक ३० दशमलव ६५ अङ्क घटेर १ हजार ६ सय २० दशमलव ९६ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा शेयर बजारमा १ सय ५ कम्पनीको रू ३५ करोड ७३ लाख बराबरको शेयर कारोबार भएको हो ।

एभरेष्ट बैङ्कको प्रति कित्ता शेयर रू १ हजार ८ सय ८० मा रू ३ करोड १५ लाख बराबरको शेयर किनबेच भइरहेको छ । जलविद्युत समूहको परिसूचक २ दशमलव ३६ प्रतिशत र बैङ्किङको २ दशमलव २१ प्रतिशत घटेको छ । त्यस्तै, बीमा समूहको परिसूचक १ दशमलव ७७ प्रतिशत, होटलको १ दशमलव ६९ प्रतिशत र विकास बैङ्कको १ दशमलव ६८ प्रतिशत घटेको छ ।