Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

राष्ट्रपति भण्डारीको सम्मानमा ‘गार्ड अफ अनर’ कार्यक्रम

Tuesday, April 18, 2017 National Power

५ बैशाख, नयाँदिल्ली – भारतको राष्ट्रपति भवन फोरकोर्टमा भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गरेका छन् ।
राष्ट्रपति भण्डारीको सम्मानमा मंगलबार बिहान ‘गार्ड अफ अनर’ कार्यक्रम राखिएको थियो । भण्डारीलाई ‘सेरेमोनियल’ स्वागत गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले जनाएका छन् ।स्वागतपछि संक्षित प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले आफूलाई भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले राम्रो आतिथ्य प्रदान गरेको भन्दै आभार प्रकट गरिन् ।
भारत भ्रमणले दुई देशको मित्रतालाई अझ प्रगाढ र उचाईमा पुर्‍याउने आफ्नो विश्वास रहेको रराष्ट्रपति भण्डारीले बताइन्।

राष्ट्रपति भण्डारीले भनिन्, ‘हामी धेरै निकट छौं र, व्यक्तिगत रुपमा पनि म धेरै निकटता महसुस गर्छु’ उनले भनिन्, ‘म भारत सरकार, भारतका सम्पूर्ण जनताका लागि धेरै शुभेक्षा लिएर आएको छु ।’भारतले गरेको विकासले नेपाललाई सहयोग पुगेको उनले बताइन् ।