Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

पुने र मुम्बाइको जित

Monday, April 17, 2017 National Power

४ बैशाख, भारत – आइपिएल अन्तर्गत हिजो भएको खेलमा मुम्बाइ इन्डियन्स र पुने सुपरजाईन्टस विजयी भएका छन् । हिजो भएको पहिलो खेलमा मुम्बाइले गुजरात लायन्सलाई ६ विकेटले पराजित गर्दा पुनेले रोयल च्यालेन्जर बैंगलोरलाइ रनले पराजित ग¥यो

ेमुम्बाइको वान्खडे स्टेडियममा भएको पहिलो खेलमा टस हारेर पहिले व्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनायो । उसका लागि ब्रेन्डम म्याकुलमले सर्वाधिक ६४ रन बनाउँदा दिनेश कार्तिकले ४८ रनको योगदान गरे ।
त्यस्तै वलिङ तर्फ मुम्बाइका मिचेल म्याक्लेघनले २ विकेट लिए ।
जवाफमा १७७ रनको विजयी लक्ष्य मुम्बाइले १९.३ ओभरमा ४ विकेट गुमाइ भेट्टायो । उसको जितका लागि नितिन रानाले ५३ रनको पारी खेल्दा कप्तान रोहित शर्माले ४० रन बनाए ।

त्यस्तै हिजै भएको दोश्रो खेलमा पुने सुपरजाइन्टसले रोयल च्यालेन्जर वंैगलोरलाई २७ रनले पराजित गरेको छ । टस हारेर पहिले व्याटिङ गरेको पुनेले २० ओभरमा ८ विकेट गुमाएर १६१ रन बनाएको थियो । जवाफमा वंैगलोरले १३४ रन मात्र बनाउन सक्यो ।