Sunday 28th May 2023

    गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको गीत ‘साहुकी छोरी’ सार्वजनिक    फिल्म ‘नीरफूल’ अग्र्यानिक बनेको छ– अभिनेता दयाहाङ राई    धन सम्पती लिएर आइन गायिका केसी (भिडियो सहित)    प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौंमा आयोजना हुने    चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

बस दुर्घटना हुँदा १४ यात्रु घाइते

Monday, April 17, 2017 National Power


४ वैशाख, बागलुङ – काठेखोला गाउँपालिका–५ जुगेपानीमा सोमबार बिहान बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन्। काठमाडौंबाट बुर्तिबाङ जाँदै गरेको ना ६ ख ३०६० नम्बरको रात्रिबस बिहु–९ जुगेपानीमा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बुगांदोभान गाविस ६ गोरेखानीका ४८ वर्षीय जितबहादुर खड्का, बुर्तिबाङ १ का ५० वर्षीय तिलदेवी छन्त्याल, बुगांदोभान ३ का ५५ वर्षीया जोमसरा बुढा र बुर्तिबाङ ७ रिठाबोटका ४३ वर्षीय लीला बीसीलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ ल्याइएको छ। घाइतेहरुको मुख, ढाड लगायतका अगंमा गहिरो चोट लागको छ। चालक निदाएका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।