Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

पौडी पोखरीमा डुबेर किशोरको मृत्यु

Monday, April 17, 2017 National Power

४ बैशाख, चितवन – चितवनको खैरहनीस्थित कङ्कालीमा रहेको पौडी पोखरीमा डुबेर आज एक किशोरको मृत्यु भएको छ ।

गर्मीको समयमा कङ्काली डाँडामा आज दिउँसो पौडी खेल्न गएका काठमाडौँका १६ वर्षीय रोजन तिमिल्सिनाको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतक तिमिल्सिनाको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

तिमिल्सिना चितवनको राप्ती नगरपालिका–८ स्थित मामाघरमा घुम्नका लागि आएका थिए, उनी साथीहरुसँगै आज पोखरीमा पौडी खेल्न गएका थिए ।