Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

आगलागी हुँदा डेढ लाख बराबरको क्षति

Monday, April 17, 2017 National Power

४ वैशाख, लहान – ग्यास सिलिन्डरबाट ग्यास लिग भई सिरहाको मिर्चैया नगरपालिका–५ कटारी चोकमा आइतबार आगलागी हुँदा करिब डेढ लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीय सहदेव साहको भान्सा कोठामा ग्यास सिलिन्डरबाट ग्यास लिग भई अचानक आगलागी हुँदा भान्सा घरभित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । सिरहाको मिर्चैया नगरपालिका–७ मूलाबारीस्थित दलित विपन्न परिवारलाई आइतबार लत्ताकपडा वितरण गरिएको छ । सिरहाली सेवा समाज र इन्ट्रयाक्ट क्लब अफ चेल्सी इन्टरनेसनल एकेडेमी काठमाडौँको संयुक्त पहलमा मूलाबारीस्थित मुसहर बस्तीका ३० घर परिवारलाई लत्ताकपडा, साबुन, नेलकटर र काइयो लगायतका सामान वितरण गरिएको जनाएको छ ।