Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

राजकीय भ्रमणमा राष्ट्रपति आज भारत जाँदै

Monday, April 17, 2017 National Power


४ बैशाख, काठमाण्डौँ – राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने राजकीय भ्रमणमा आज भारत प्रस्थान भएकी छन् । आज हुने राष्ट्रपतिको औपचारिक राजकीय भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
४ वैशाख बिहान ११ बजे नेपाल एयरलाइन्सको आरए २०५ नम्बरको उडानबाट बिहान ११ बजे भारत प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीको यो पहिलो राजकीय विदेश भ्रमण हो ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारी नयाँ दिल्ली प्रस्थान गर्न लागेकी हुन । गत वर्ष भारतीय राष्ट्रपति मुखर्जीले नेपालको राजकीय भ्रमण गरेका थिए । वैशाख ८ मा राष्ट्रपति स्वदेश फर्किने कार्यक्रम रहेको छ ।