Monday 22nd April 2024

    फान अवार्डको तेश्रो संस्करण असार तेश्रो साता हुदै    चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक    यूएईमा राष्ट्रिय लोक सांस्कृतिक संघको साँस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न    नेपालमै अब अन्तर्राष्ट्रियस्तरको जिम ट्रेनर प्रशिक्षण    मिष्टर एण्ड मिस नेशनलमा भिड्दै डा. आयुष्नोभा

रुपन्देही र कंचनपुरको जित

Sunday, April 16, 2017 National Power

३ बैशाख, धनगढी – डिपिएल अन्तर्गत आज भएका खेलहरुमा कंचनपुर आइकोनिक र रुपन्देही च्यालेन्जर विजयी भएका छन् ।
दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जरले विराटनगर किंग्सलाई ६१ रनले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनाएको थियो । उसका लागि अन्तिम थापाले सर्वाधिक ४५ रन बनाएका थिए भने पुष्प थापाले १७ रनको योगदान दिएका थिए । विराटनगरका लागि सुशिल कडेँल । दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिएका थिए ।
जवाफ १३३ रनको विजयी लक्ष्य सहित मैदानमा उर्तेको विराटनगरले १८.१ ओभरमा अल आउट हुँदै ७१ रन मात्र बनाउन सक्यो । उस्का लागि कप्तान शरद भेष्वाकारले सार्वाधिक ३४ रन बनाए भने अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । रुपन्देहीका लागि सहाव आलमले ३ तथा दिपेश श्रेष्ठ र कृष्ण कार्कीले ३–३ विकेट लिएका थिए ।

त्यस्तै आजै भएको दोश्रो खेलमा कंचरपुर आइकोनिकले सिवासी अत्तरियालाइ ६ विकेटले पराजित गरेको छ । टस हारेर पहिले व्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै मात्र ८५ रन बनाएको थियो । उसका लागि प्रदिप ऐरीले सर्वाधिक १९ रन बनाउँदा ज्ञानेन्द्र कुँवरले १५, दिलिप नाथले ११ तथा सुरेन्द्र चन्दले १० रन बनाए ।
कंचनपुरका लागि अभिनाष कर्ण र सुनिल धमलाले ३–३ विकेट लिएका थिए ।
जवाफमा ८६ रनको विजयी लक्ष्य सहित मैदानमा उर्तेको कंचरनपुरले १० ओभरमा ४ विकेट गुमाइ लक्ष्य भेट्टायो । उसका लागि सुनिल धमलाले २८ रन जोड्दा सागर पुन र हसिम अंसारीले २२ रन बनाए भने कप्तान विनोद भण्डारीले १६ रनको योगदान गरे ।
अत्तरियाका लागि विनोद लामाले २ तथा ज्ञानेन्द्र कुुँवरले १ विकेट लिए ।