Saturday 13th April 2024

    चेतन कार्की र निशा स्मृति पुरस्कार बैशाख १३ गते प्रदान गरिने    नयाँ वर्षको कार्यक्रममा लाईभ सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्‍यापर मेलो डी नेपालमा    चेम्बर आन्दोलनकै सशक्त नारी हस्ताक्षर उर्मिला श्रेष्ठ चेम्बर उपाध्यक्षमा निर्वाचित (जीवनीसहित)    आध्यात्मिकता र आधुनिकताको सुन्दर संयोजनस् कश्यप एकेडमी    होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक कार्की सम्मानित

सुनको भाउ बढ्यो

Sunday, April 16, 2017 National Power


३ वैशाख, काठमाडौं – सुनको भाउ नेपाली बजारमा आइतबार प्रतितोलाको ५५ हजार ७ सय रुपैयाँ रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नयाँ बर्ष सुरु भएपछि आज सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको हो ।

यो बर्षको पहिलो दिन शुक्रबार सुन तोलाको ५५ हजार ६ रुपैयाँमै कारोवार भएको थियो ।
अघिल्लो दिन चैत ३१ गते पनि सोही भाउमा सुनको कारोवार भएको थियो । अघिलो बर्षको अन्तिम दिन बिहीबार सुन तोलामा २ सय रुपैयाँ महंगिएको थियो । आज चाँदीको भाउ पनि तोलाको ८ सय १५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।