Wednesday 27th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

सी.के.राउतलाई राज्यविरुद्धको सगंठित अपराध मुद्दामा अनुसन्धान सुरु

Sunday, April 16, 2017 National Power

३ बैशाख, भैरहवा – स्वतन्त्र मधेश गठबन्धनका संयोजक सी.के.राउतलाई रुपन्देही प्रहरीले राज्यविप्लव (राज्यविरुद्धको सगंठित अपराध) मुद्दामा अनुसन्धान सुरु गरेको छ ।

राउतलाई आइतबार जिल्ला अदालत रुपन्देहीमा राज्यविप्लव मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । चैत ३१ गते सिरहा जिल्ला अदालतबाट १० हजार रुपैयाँ धरौटीमा रिहा भएका राउतलाई रिहालगत्तै सिरहा प्रहरीले पक्राउ गरी रुपन्देही प्रहरीलाई बुझाएको थियो ।

प्रहरी स्रोतका अनुसार रुपन्देही प्रहरीले राउतलाई केही विषयमा अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरी सहयोग गर्न आग्रह गर्दै सिरहा प्रहरीलाई पत्राचार गरेको थियो । सोही पत्रका आधारमा अदालतबाट धरौटीमा रिहा भएलगत्तै राउतलाई पक्राउ गरी बुटवल ल्याइएको थियो । आइतवार रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।