Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

चुनावको मुखमा मोर्चाद्धारा आमहड्ताल र आन्दोलनको घोषणा

Sunday, April 16, 2017 National Power


३ बैशाख, काठमाडौं – स्थानीय तहको चुनावको मुखमा उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको घोषणा गरेको छ । घोषित आन्दोलनको कार्यक्रम अनुसार मसाल जुलुस निकाल्नेदेखि अनिश्चितकालिन आमहड्ताल तथा नेपाल बन्दसम्म रहेको छ ।
गठबन्धन र मोर्चाले आइतबार संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी बैशाख २७ देखि आमहड्ताल तथा अनिश्चितकालिन नेपाल बन्द गर्ने कार्यक्रम तय गरिएको गठबन्धनका प्रवक्ताले जानकारी दिए । सो अघि मोर्चा गठबन्धनले बैशाख ५ गते जिल्ला सदरमुकाम सहितका प्रमुख सहरहरुमा मसाल जुलुस निकाल्ने, बैशाख ७ गते जिल्लाका प्रमुख स्थानमा लाठी तथा सिठी जुलुस निकाल्ने, बैशाख ९ गते उनकपुर उदयपुर, वीरगञ्ज र काभ्रेमा आमसभा गर्ने, बैशाख १० गते विराटनगर, भैरहवा र पाल्पामा आमसभा गर्ने कार्यक्रम तय गरेको छ भने बैशाख ११ र १२ गते पनि देशका विभिन्न स्थानमा आमसभा गर्ने तय गरिएको छ ।
यस्तै बैशाख १३ गते गाउँसहरका मतदान केन्द्रहरुमा लाठी जुलुस प्रदर्शने गर्ने तथा १४ गते जिल्ला सदरमुकाम लगायतका स्थानमा मसाल जुलुस निकाल्ने तय गरिएको छ ।

यस्तै बैशाख १५ गते थारुहट बन्द, १६ गते नेपाल बन्दको आह्वान गरेको मोर्चाले सो पछि बैशाख २६ गतेसम्मका लागि चरणबद्ध विरोधका कार्यक्रम तय गरिएको छ । २७ गतेपछि भने अनिश्चितकालनि आमहड्ताल तथा नेपाल बन्दको आह्वान गरिएको हो ।