Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

आत्मघाती कार बम हमला, सयको मृत्यु

Sunday, April 16, 2017 National Power

३ बैशाख, – सरकारी नियन्त्रण भएको इलाकाबाट सिरियामा बसबाट बाहिर निस्किरहेका मानिसको समूहमाथि आत्मघाती कार बम हमला भएको छ जसमा कम्तीमा पनि सयजनाको मृत्यु भएको छ । बसमा दुई गाउँमा मानिसहरु थिए जो अन्य सुरक्षित स्थान जानका लागि प्रतिक्षारत थिए ।

विद्रोही र सरकारको नियन्त्रण भएको दुई–दुई इलाकाबाट करिब ३० हजार मानिसहरु निकालिनु पर्ने थियो तर समाचार एजेन्सी एफपीका अनुसार सरकारको कब्जा भएको इलाकामा अहिले पनि पाँच हजार र विद्रोहीको नियन्त्रण भएको शहरमा २ हजार २ सय मानिसहरु फसेका छन् ।
संयुक्त राष्ट्रका अनुसार दैनिकको हिंसा र अभावको चक्करमा ६४ हजारभन्दा धेरै मानिसहरु फसेका छन् ।

एफपीका अनुसार सहायता समूह सिरियन अरब रेड क्रेसेन्ट अगाडि बढ्न प्रतिक्षा गरिरहेका करिब तीन हजार ७ सय मानिसहरुलाई खाना र पानी बाँडिरहेको छ । रिपोर्टका अनुसार यी चार शहरमा खानाको कमीका कारण थुप्रैको मृत्यु भएको छ ।