Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

भारतीय बजारतर्फ किनमेल गर्न गएका बेला रहस्यमय तरिकाले बेपत्ता

Sunday, April 16, 2017 National Power

३ बैशाख, कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका ३० वर्षीया कौशा धामी बजारमा किनमेल गर्न गएका बेला रहस्यमय तरिकाले बेपत्ता भएकी छिन् ।

भारतीय बजारतर्फ सिलाइ मेसिन खरिद गर्नका लागि गएकी धामी बेपत्ता भएकी हुन् । उनी चैत २५ गते बजारतर्फ गएकी र घर नफर्केपछि परिवारजनले सबैतिर खोज्दासमेत फेला पार्न सकेका छैनन् । घरभित्र राहदानीको प्रतिलिपि फेला परेकाले दलालले प्रलोभनमा पारेर भारततर्फ लगेको हुन सक्ने आशङ्का परिवारजनले गरेका छन् । धामी बेपत्ता भएपछि इलाका प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिइएको उहाँका जेठाजु धनबहादुर धामीले बताए।

धामी तीन छोरीकी आमा हुन भने झलारी बजारमा सिलाइ पसल सञ्चालन गर्दै आएकी थिइन् । भारतमा रोजगारीका लागि गएका उनका श्रीमान् पनि चार वर्षदेखि बेपत्ता छन् । चेलीबेटी बेचबिखन विरुद्धमा क्रियाशील सङ्घसंस्थालाई समेत धामीका परिवारले खोजतलासका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।