Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

Sunday, April 16, 2017 National Power

३ बैशाख, लहान – सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकखण्डमा गएराति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स ४ प १९६८ नंको मोटरसाइकलको ठक्करबाट सिरहाको झोली निवासी ६० वर्षीया सहोदिया कामतीको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी कामतीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।