Friday 16th April 2021

    इनरुवामा बहुभाषिक सांस्कृतिक कार्यक्रम हुने    'मिस टिन २०२१ प्रदेश १' को उपाधी साम्राज्ञी शर्माको हातमा    माथिल्लो तामाकोशीमा अस्वाभाविक ढिलाई भयो, अब सह्य हुँदैन कारबाही गरिन्छः प्रधानमन्त्री ओली    असारको अन्तिमसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण    समुन्नतद्धारा क्यान्सर सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन

विराटनगर किंग्सको तेस्रो जित

Saturday, April 15, 2017 National Power


२ वैशाख, धनगढी—सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत छैटौं दिनको पहिलो खेलमा विराटनगर किंग्सले तेस्रो जित हात पारेको छ । शनिबार बिहान भएको खेलमा विराटनगर किंग्सले कञ्चनपुर आइकोनिकलाई ५ विकेटले पराजित गरेको हो ।

जितपछि विराटनगर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान ६ अंक रहेको रुपन्देही च्यालेन्जर्स रनरेटका आधारमा अंक तालिकाको पहिलो स्थानमा रहेको छ । विराटनगर प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । विराटनगर किंग्सले ४ मध्येको ३ खेल जितेको हो । यसअघि रुपन्देही च्यालेन्जर्सले पहिलो तीनै खेल जितेर प्लेअफमा पुगिसकेको छ ।
सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको कञ्चनपर १७ ओभरमा ८० रन मात्रै बनाएर अलआउट भयो । कञ्चनपुरका लागि हसिम अन्सारीले २७ रन बनाए । कुसल भुर्तेलले १९ र आशिष पोखरेलले १० रन वनाउनु वाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
कञ्चनपुरका ४ जना खेलाडी शुन्यमा आउट भए । ८ दशमलव ५ ओभरमा २ विकेट क्षतीमा ५० रन जोडेको कञ्चनपुरले ३० रन जोड्दा आफ्ना ८ वटा व्याट्सम्यानलाई गुमाएको थियो । विराटनगरका लागि सुशील कँडेल र सन्दिप लामिछानेले ४–४ विकेट लिए । जितेन्द्र मुखीयाले २ विकेट लिए ।
८१ रनको झिनो लक्ष्य सहित जवाफी व्याटिङमा आएको विराटनगर किंग्सले ९.१ ओभरमा ५ विकेट गुमउदै लक्ष्य भेट्टायो । इनिङ्स सम्हाल्ने क्रममा विराटनगरको तर्फबाट कप्तान शरद भेषावकरले १५ बलमा २८ रन बनाए । यसैगरी आकाश थापाले १२ र प्रनित थापा मगरले ११ रन बनाए । कञ्चनपुर आइकोनिकका तर्फबाट सागर पुन एक्लैले ५ विकेट लिए ।