Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

निर्वाचन १० दिन पछि सार्न काँग्रेसलाई जिल्ला सभापतिको दवाव

Saturday, April 15, 2017 National Power

२ बैशाख, काठमाडौं —सत्ता साझेदार नेपाली काँग्रेस प्रदेश नम्बर २ का जिल्ला सभापतिहरुले स्थानीय तहको निर्वाचन तोकिएको मिति भन्दा १० दिन पछि सार्न पार्टी नेतृत्वलाई दवाव दिएका छन ।मधेशी मोर्चालाई सहमतिमै ल्याएर निर्वाचन गराउनुपर्ने जोड दिँदै आएका उनीहरुले त्यसका लागि आवश्यक परे निर्वाचनको मिति १० दिन पछि सार्न पनि नेतृत्व तयार हुनुपर्ने धारणा राखेका हुन् ।

प्रदेश नम्बर दुईका पार्टीका केन्द्रीय सदस्य, सांसद र जिल्ला सभापतिहरुसँग शनिवार पार्टी कार्यालय सानेपामा जारी छलफलमा ७ वटा जिल्लाका सभापतिहरुले मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउदा पार्टी र देश दुवैका लागि हित हुने धारणा राखे ।
निर्वाचन भने एकै चरणमा सम्पन्न गर्नुपर्नेमा आफूहरुले जोड दिएको नेता रमेश रिजालले जानकारी दिए ।