Friday 27th May 2022

    काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन लगाउनेछु : नवनिर्वाचित मेयर बालेन्द्र साह    सरकारले लिम्पियाधुरा फिर्ता ल्याउन नसकेर कायरता प्रदर्शन गरेको छ : ओली    काँग्रेसले आफ्नो पहिचान गुमाएको छ : ओली    केपी शर्मा ओलीको झण्डै तीन घण्टा संसदलाई सम्बोधन    यी हुन् डिएसए स्टार र ट्यालेन्ट स्टार नेपालका विजेता

छनौट भएका १४ म्यादीले बीचमै तालिम छाडे

Friday, April 14, 2017 National Power

१ बैशाख,अछाम-आउँदो स्थानीय तहको चुनावमा सुरक्षाका लागि भर्ना भएका म्यादि प्रहरीमध्ये अछाममा १४ जनाले वीचमै तालिम छोडेका छन् । भर्ना हुँदा निकै भिडभाड र तछाडमछाड गरी छनौट भएका म्यादी प्रहरीमध्ये १४ जनाले तालिम पूरा नगरी विचमै तालिम छोडेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

आउँदो बैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि अछाम जिल्लाबाट महिला र पुरुष गरी ९ सय ४१ जना म्यादी प्रहरी छनौट भएका थिए । छनौट भएका म्यादी प्रहरीलाई जिल्लाका विभिन्न ५ ठाउँमा तालिम दिईरहेको र १४ जनाले वीचमै छोडेका अछामका प्रहरी प्रमुख डिएसपी निरञ्जनदत्त भट्टले बताउनु भयो । छनौट भएका म्यादी प्रहरीलाई आवश्यक्ता अनुसार जिल्लाका विभिन्न मतदान केन्द्र तथा केहीलाई अन्य जिल्लामा समेत पठाउन सकिने बताईएको छ ।