Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

छनौट भएका १४ म्यादीले बीचमै तालिम छाडे

Friday, April 14, 2017 National Power

१ बैशाख,अछाम-आउँदो स्थानीय तहको चुनावमा सुरक्षाका लागि भर्ना भएका म्यादि प्रहरीमध्ये अछाममा १४ जनाले वीचमै तालिम छोडेका छन् । भर्ना हुँदा निकै भिडभाड र तछाडमछाड गरी छनौट भएका म्यादी प्रहरीमध्ये १४ जनाले तालिम पूरा नगरी विचमै तालिम छोडेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

आउँदो बैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि अछाम जिल्लाबाट महिला र पुरुष गरी ९ सय ४१ जना म्यादी प्रहरी छनौट भएका थिए । छनौट भएका म्यादी प्रहरीलाई जिल्लाका विभिन्न ५ ठाउँमा तालिम दिईरहेको र १४ जनाले वीचमै छोडेका अछामका प्रहरी प्रमुख डिएसपी निरञ्जनदत्त भट्टले बताउनु भयो । छनौट भएका म्यादी प्रहरीलाई आवश्यक्ता अनुसार जिल्लाका विभिन्न मतदान केन्द्र तथा केहीलाई अन्य जिल्लामा समेत पठाउन सकिने बताईएको छ ।