Wednesday 18th September 2024

    एभरग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टको १२औँ वार्षिकोत्सव भव्यरुपमा सम्पन्न    इन्टरनेशनल एचिभर्स अवार्ड–२०२४ भव्यरुपमा सम्पन्न    १८ औ राम बहादुर सुबेदी गोल्डकप सम्पन्न    नारद पोखरेलको ‘उर्वरा’ लोकार्पण    सोफा हब काठमाडौको धमाकेदार उत्सव अफर

बैशाख १ गते देखि उपत्यकामा हर्न बजाउन निषेध

Thursday, April 13, 2017 National Power


३१ चैत, काठमाण्डौँ – (भोली) शुक्रबार अथवा २०७४ बैशाख १ गते देखि उपत्यकामा सवारी साधनले हर्न बजाउन निषेध गरिने भएको छ ।
काठमाडौं उपत्यकाभित्र आकस्मिक बाहेकको अवस्थामा सवारीले हर्न बजाउन नपाउने निर्णय भइसकेको छ ।
०७४ बैशाख १ गते देखि अनावश्यक रुपमा हर्न बजाए कारवाही गरिने महानगरीय ट्राफिक प्रहरीले बताए । आवश्यक र जरुरी अवस्थामा हर्न बजाउने पाइनेछ तर अनावश्यक रुपमा हर्न बजाउन नपाइने भएको छ ।अनावश्यक रुपमा हर्न बजाए ट्राफिक प्रहरी र यातायात ब्यवस्था विभागले ५ सय रुपैयाँसम्म जरिवाना गर्नेछ । यस्ता कारवाहीको रेकर्ड पनि राखिने छ । दोस्रोपटक पनि हर्न बजाएको कारवाहीमा परे १ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । तेस्रोपटक कारवाहीमा पर्दा १५ सय रुपैयाँसम्म जरिवाना गरिने यातायात ब्यवस्था विभागले बताएको छ।
यो नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीका हकमा लागू हुनेछैन ।

ट्राफिक प्रहरीका अनुसार भोलिदेखि सार्वजनिक, सरकारी, पर्यटकबाहक र निजी सवारीले भने दुई अवस्थामा मात्रै हर्न बजाउन पाउनेछन् । सवारीको गम्भिर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ । जोखिमयुक्त मोड र चोकहरुमा पनि छोटा हर्न मात्रै प्रयोग गर्न दिइनेछ ।

जथाभावी हर्न बजाउन जरुरी छैन भन्ने सन्देश दिन र त्यसैअनुसार आनीबानी बसाल्न यो ब्यवस्था गरेको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले सार्वजनिक सवारीको पछाडि हर्न निषेध गरिएको स्टिकर टाँस्ने अभियान पनि थाल्दछ । महानगरपालिकाले शहरका विभिन्न भागमा अनावश्यक हर्न नबजाउन अनुरोध गर्दै ब्यानर लगाएको छ ।