Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

च्याम्पियन्स लिगमा रियलको जित, लेस्टर पराजित

Thursday, April 13, 2017 National Power

३१ चैत, एजेन्सी – च्यापियन्स लिग अन्तर्गत गएराति भएका खेलहरुमा रियल मड्रिड, एथलेटिको मड्रिड र मोनाको विजयी भएका छन् । एथलेटिकाको घरमा भएको क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगको खेलमा इंग्लिस च्याम्पियन लेस्टर सिटीलाई पराजित ग¥यो भने रियल मड्रिडले जर्म क्लब वायर म्यूनिखलाई उस्कै मैदानमा पराजित ग¥यो । त्यस्तै अघिल्लो दिन वम विस्फोटको कारण रोकिएको खेलमा ड्रटमुण्ड आफ्नै घरमा मोनाकोसंग पराजि भयो ।

लेस्टरलाइ हराउने क्रममा एथलेटिकोका एन्टेनियो ग्रिजम्यानले खेलको २८औ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । भने वार्यर म्यूनिखलाई पराजित गर्ने क्रममा रियलमा क्रिस्टियानो रोनाल्डोले खेलको ४७ औँ र ७७ औँ मिनेटमा गोृल गरेका थिए । यसअघि वार्यरका अर्टुरो भिडालले खेलको २५ औँ मिनेटमा गोल गरी आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
त्यस्तै अर्को खेलमा मोनाकोले वोरिसिया ड्रटमुण्डलाइ उस्कै घरमा ३–२ ले पराजित ग¥यो ।

यसअघि अघिल्लो दिन भएको खेलमा इटालियन क्लब युभेन्टसले स्पानिस जाइन्ट वार्सिलोनलाइ ३–० ले पराजित गरेको थियो । युभेन्टसले आफ्नै घरमा बार्सिलोनालाइ पराजित गर्ने क्रममा पाउलो डिबालाले २ तथा चिलिनिले १ गोल गरेका थिए ।