Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

(डिपिएल) अन्तर्गत क्रिकेटमा पारसको टिम पराजित 

Thursday, April 13, 2017 National Power

३१ चैत, धनगढी – धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत क्रिकेटमा धनगढी टिम चौराहा कञ्चनपुर आइकोनिकसँग ११ रनले पराजित भएको छ । बिहीबार भएको पहिलो खेलमा १ सय ६ रनको लक्ष्य पछ्याएको धनगढी १७ ओभर ४ बलमा ९४ रन बनाउँदा अल आउट भएको हो ।
धनगढीका अनिल मडण्लले १५ बलमा १२ रन, आरिफ शेखले ३२ बलमा २२ रन, पारस खड्काले २३ बलमा २३ रन बनाए । यस्तै पृथु बास्कोटाले १७ बलमा १९ रन बनाए । धनगढीका चार जना ब्याट्सम्यान शून्यमा आउट भए भने प्रेम तामाङ र सुसन भारी एक एक रनमा आउट भए ।
कञ्चनपुरका अभिनाश कर्णले तीन, चन्द्र साउद र ललित भण्डारीले दुई दुई विकेट लिए साथै सिद्धान्त लोहनी र सुनिल धमलाले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित २० ओभरमा ६ विकेट जाँदा १ सय ५ रन बनाएको थियो । कञ्चनपुरका लागि सागर पुनले ४३ बलमा २० रन, सुनिल धमलाले ३७ बलमा ३९ रन, सिद्धान्त लोहनीले २० बलमा २७ रन बनाए । कञ्चनपुरका ५ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । धनगढीका रामनरेश गिरी र आरिफ शेखले दुई दुई साथै सुशन भारी र प्रेम तामाङले एक एक विकेट लिएका थिए ।