Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

(डीपिएल) – टीम चौराहा र कञ्चनपुर बिच खेल हुँदै

Thursday, April 13, 2017 National Power

३१ चैत, धनगढी – धनगढी प्रिमियर लिग क्रिकेट (डीपिएल) मा बिहीबार धनगढी टीम चौराहा र कञ्चनपुर आईकोनिकबिच खेल हुँदै छ । टीम चौराहा पारस खड्काको नेतृत्वमा र कञ्चनपुर विनोद भण्डारी नेतृत्वमा छन् । टीम चौराहा अंक तालिकाको पुछारमा छ भने कञ्चनपुर पुछारबाट दोश्रो स्थानमा छ ।
प्रतियोगितामा बिहीबार नै दिउँसो १ बजेपछि विराटनगर किङ्गस र सिवाईसी अत्तरीया खेल्नेछन् । शरद भेषावकर नेतृत्वको विराटनगर अंकतालिकाको चौथो र ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको अत्तरिया तेश्रो स्थानमा छन् । बुधबारको खेलमा रुपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्स विजयी भएका थिए ।