Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु

Thursday, April 13, 2017 National Power

३१ चैत, रौतहट – रौतहटका गोनाहीदेवाही गाउँपालिका ४ कर्कच करमहीया टोलमा बुधबार राति दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लक्ष्मण माझी रहेका छन् । मृतक माझी र स्थानीय ब्रह्मदेव माझीबीच आपसी विवादका कारण झडप भएको थियो । झडपकै क्रममा ब्रह्मदेवको लाठी प्रहारबाट लक्ष्मणको टाउकोमा गम्भीर चोट लागेको थियो । गरुडास्थित हेल्थ ल्यान्ड अस्पलालमा उपचारको क्रममा लक्ष्मणको मृत्यु भएको हो । माझीको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।
प्रहरीले घटनामा संलग्न ब्रह्मदेव, शम्भु माझी र बिक्रम माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले बताए ।