Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

तीनै तहको निर्वाचन बहिष्कार गर्ने मोर्चाकाे निर्णय

Wednesday, April 12, 2017 National Power

चैत ३०, काठमाडौँ – स्थानीय तह लगायत तीनै तहको निर्वाचन बहिष्कार गर्ने निर्णय संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको छ। बुधबार तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा जारी मोर्चाको संयुक्त बैठकले सरकारले ल्याएको संविधान संशोधनको नयाँ प्रस्ताव पुरानो भन्दा पनि पछाडि फर्केको भन्दै नयाँ प्रस्तावले समस्याको हल नगरको निष्कर्ष निकालेको हो ।

सरकारले मोर्चाका शीर्ष नेतासँगको सहमति विपरीत प्रस्ताव ल्याएको भन्दै मोर्चाले त्यसको स्वामित्व नलिने बताएको छ। मुख्य मागका रुपमा मोर्चाको रहेका सीमांकनको समस्या, नागरिकता, राष्ट्रिय सभालगायतका विषयमा नयाँ प्रस्तावले ठोस कुरा उल्लेख नभएको भन्दै प्रस्ताव स्वीकार गरेर निर्वाचनमा नजाने,निर्वाचन बहिष्कारको निर्णयसँगै मोर्चाले आन्दोलनको घोषणा गर्ने तयारी गरिरहेको मोर्चाका एक नेताले बताए। बैठकमा मोर्चा आवद्ध दलका शीर्ष नेताहरु सहभागी रहेका छन्। मोर्चाले बहिष्कारको औपचारिक निर्णय गरेसँगै संघीय गठबन्धनको पनि आजै बैठक बस्ने जनाइएको छ।