Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

तीनै तहको निर्वाचन बहिष्कार गर्ने मोर्चाकाे निर्णय

Wednesday, April 12, 2017 National Power

चैत ३०, काठमाडौँ – स्थानीय तह लगायत तीनै तहको निर्वाचन बहिष्कार गर्ने निर्णय संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको छ। बुधबार तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा जारी मोर्चाको संयुक्त बैठकले सरकारले ल्याएको संविधान संशोधनको नयाँ प्रस्ताव पुरानो भन्दा पनि पछाडि फर्केको भन्दै नयाँ प्रस्तावले समस्याको हल नगरको निष्कर्ष निकालेको हो ।

सरकारले मोर्चाका शीर्ष नेतासँगको सहमति विपरीत प्रस्ताव ल्याएको भन्दै मोर्चाले त्यसको स्वामित्व नलिने बताएको छ। मुख्य मागका रुपमा मोर्चाको रहेका सीमांकनको समस्या, नागरिकता, राष्ट्रिय सभालगायतका विषयमा नयाँ प्रस्तावले ठोस कुरा उल्लेख नभएको भन्दै प्रस्ताव स्वीकार गरेर निर्वाचनमा नजाने,निर्वाचन बहिष्कारको निर्णयसँगै मोर्चाले आन्दोलनको घोषणा गर्ने तयारी गरिरहेको मोर्चाका एक नेताले बताए। बैठकमा मोर्चा आवद्ध दलका शीर्ष नेताहरु सहभागी रहेका छन्। मोर्चाले बहिष्कारको औपचारिक निर्णय गरेसँगै संघीय गठबन्धनको पनि आजै बैठक बस्ने जनाइएको छ।