Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

हिड्नुका १२ फाइदा यस प्रकार छन्

Wednesday, April 12, 2017 National Power

स्वास्थ्यका लागि हिडाईंका धेरै फाइदा छन् । यो एरोबिक अभ्यास हो । टेनेसी विश्वविद्यालयले गरेको अध्ययनमा पनि नहिड्नेभन्दा हिड्नेको शरीरमा बोसो कम भएको पाइएको थियो । हिड्दा शरीरमा रगत जम्न पाउँदैंन र मुटु रोग पनि लाग्न पाउँदैंन । यसका  के–के फाइदा छन्

१. रगत सन्चालनमा वृद्धि गर्छ : हिड्नाले रक्तचाप न्युन हुन सहयोग गर्छ र मुटुको रोग लाग्न दिँदैंन । टेनेसी विश्वविद्यालय र कोलोराडो विश्वविद्यालयहरुले गरेका अध्ययनले महिनावारी बन्द भैसकेका महिलाहरुले दैनिक २ माइलसम्म हिड्ने गर्नाले २४ हप्तामा रक्तचाप करिब ११ अंकले घट्छ । दैनिक ३० मिनेट हिड्ने महिनामा स्ट्रोक हुने सम्भावना २० प्रतिशतले कमी आउँछ ।

२. हड्डी मजबूत पार्छ : विशेषगरी ओस्टियोपोरोसिस रोग लागेकाहरुमा हिडाईले हड्डीको मासी कम हुनबाट बचाउँछ । महिनावारी बन्द भएका महिलाले दैनिक ३० मिनेट हिड्नाले हिप भाँचिने सम्भावना ४० प्रतिशतले कमी गर्ने पनि अध्ययनहरुले देखाएका छन् ।

३. आयु बढाउँछ : ५० र ६० को दशकमा पुगेका मानिसहरुले नियमित हिड्नाले आयु पनि बढ्छ । मिचिगन विश्वविद्यालय मेडिकल स्कुल र हेल्थकेयर सिस्टम विशेषज्ञ आन हार्बरले गरेको अध्ययनमा नियमित अभ्यास गर्ने ५० र ६० को दशकका मानिसहरु अभ्यास नगर्नेभन्दा ८ वर्षभित्र मर्ने सम्भावना ३५ प्रतिशतले कम हुने देखिएको थियो ।

४. मुड राम्रो बनाउँछ : दैनिक हिड्नाले मुड पनि राम्रो हुन्छ । हिड्दा इन्डोर्फिन नामक प्राकृतिक तत्व निस्कन्छ, जसले दुखाईलाई कम गर्छ । यसले मुड राम्रो बनाउँछ ।

५. तौल कम गर्छ : ३० मिनेटको हिडाईले २ सय क्यालोरी बर्न गर्न सहयोग गर्छ । यसबाट तौल कम हुन मद्धत गर्छ ।

६.मांसपेशी मजबूत बनाउँछ : हिडाईले खुट्टा, पेट तथा पाखुराको मांसपेशीलाई मजबुत बनाउँछ र आर्थराइटिस दुखाई कम गर्न मद्धत गर्छ।

७. राम्रो निद्रा पर्छ : ५० देखि ७५ वर्षका महिलाहरुले दैनिक बिहान १ घण्टा हिड्नाले अनिद्राको समस्याबाट छुट्कारा पाएको हचिन्सन क्यान्सर रिसर्च सेन्टर सियाटलको एक अध्ययनले देखाएको छ ।

८. जोर्नीलाई फाइदा पुग्छ : जब मानिसको शरीरमा चाल पैदा हुन्छ, जोर्नीहरुले मासीबाट पोषण प्राप्त गर्छन् र त्यस क्षेत्रले अक्सिजन पाउँछन् । तर नहिड्दा जोर्नीहरुले त्यस्ता मासीप्राप्त गर्न सक्दैनन् र गति कम हुन्छ ।

९. श्वासप्रश्वासमा सुधार ल्याउँछ : हिड्दा श्वासप्रश्वासको गति बढ्छ, जसबाट नसाहरुमा अक्सिजन राम्रोसंग पुग्न पाउँछ जसले विकारहरुलाई हटाउन मद्धत गर्छ र शक्तिमा वृद्धि गर्छ ।

१०. मानसिक क्षयलाई कम गर्छ : ६५ वर्षमाथिका ६ हजार महिलामा गरिएको एक अध्ययनमा नियमित हिड्नेहरुमा उमेरसंग सम्बन्धित स्मरण क्षमता कम हुने समस्या कम भएको पाइएको थियो । दैनिक २।५ माइल हिड्नेमा स्मरण क्षमता १७ प्रतिशतले कम भएको पाइएको थियो भने नहिड्नेमा २५ प्रतिशतले कम भएको पाइएको थियो ।

११. अल्जाइमरको खतरा कम गर्छ : दैनिक १ माइलहिड्ने वृद्धहरुमा अल्जाइमर र डिमेन्सियाको समस्या कम भएको अध्ययनमा पाइएको थियो ।

१२. अपांगताको खतरा कम गर्छ : हिडाईले ६५ वर्षभन्दा माथिका वृद्धहरुमा अपांगता हुने खतरा कम गर्ने अध्ययनमा देखिएको छ ।

– स्वास्थ्य खबरबाट साभार