Thursday 26th May 2022

    सरकारले लिम्पियाधुरा फिर्ता ल्याउन नसकेर कायरता प्रदर्शन गरेको छ : ओली    काँग्रेसले आफ्नो पहिचान गुमाएको छ : ओली    केपी शर्मा ओलीको झण्डै तीन घण्टा संसदलाई सम्बोधन    यी हुन् डिएसए स्टार र ट्यालेन्ट स्टार नेपालका विजेता    १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल मा नेपाली चलचित्र कुईनेटो सहित १५ देशका २६ फिल्म चयन

माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

Wednesday, April 12, 2017 National Power

३० चैत, प्यूठान – माछा मार्ने क्रममा प्यूठानमा एकजना युवाको करेन्ट लगाएर मृत्यु भएको छ । झिमरुक गाउँपालिका–५, निवासी केशव जिसी माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए ।

साथीहरु संग गएराती झिमरुक खोलामा करेन्ट लगाई माछा मार्न गएका १७ वर्षिय जिसी घाइते भएका हुन् । घाइते उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । जिसीसँगै माछा मार्न गएका ४ जनालाई पक्राउ गरी सोधपुछ भइरहेको बताएको छ।