Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

 नेपालले रच्यो इतिहास

Wednesday, April 12, 2017 National Power

 

३० चैत, – नेपालले एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गरेको सोलिडारिटी कपको उपाधि जितेर इतिहास रचेको छ। सन् १९५४ मा एएफसीको सदस्यता लिएपछि उसले आयोजना गरेको कुनै आधिकारिक प्रतियोगिता नजितेको नेपालले ६४ वर्षपछि यो उपलब्धीलाई चुमेको छ।

मंगलबार भर्खरै सम्पन्न खेलमा नेपालले २० वर्षदेखिको आफ्नो प्रतिद्धन्द्धी मकाउलाई १–० ले पराजित गरेको छ। मलेसियाको कोचिङस्थित सरावक रंगशालामा खेल सुरु हुनुअघि ठूलो पानी परेको थियो।पानीले ओसिलो भएको मैदानमा कुनै पनि समय मकाउले पुनरागमन गर्न सकेन्। नेपालका लागि २९ मिनेटमा मिडफिल्डर सुजल श्रेष्ठले गोलको अग्रता दिलाए। जुन पछि निर्णायक गोल बन्न पुग्यो।

उनलाई स्ट्राइकर भरत खवासले डिबक्सबाट क्रस पास दिएका थिए। सुजलले हेडिङमार्फत गोल गरेपछि नेपालले पहिलो हाफमै १–० गोलको अग्रता लिएको थियो।दोस्रो हाफमा मकाउ झन सिथिल बनेपछि नेपाली खेलाडीले एकहोरो विपक्षी गोल पोस्टमा प्रहार गरेको थियो। फाइनलमा नेपाली खेलाडीले पोजिसनमा बसेर खेले।