Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

फुटबल खेलाडी चढेको बसलाई लक्षित गरी बम विस्फोट

Wednesday, April 12, 2017 National Power


३० चैत, – च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल्नका लागि मैदानतर्फ गइरहेको बोरुसिया डर्टमण्ड फुटबल क्लबका खेलाडी चढेको बसलाई लक्षित गरी बम विस्फोट भएको छ। मंगलबार राति भएको विस्फोटमा डर्टमण्डका १ खेलाडी घाइते भएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ। मोनाकोविरुद्ध खेल्न मैदानतर्फ जाँदै गरेका खेलाडी चढेको बसलाई लक्षित गरेर ३ विस्फोट गराइएको थियो। विस्फोटमा डर्टमण्डका डिफेन्डर मार्क बार्टाको हात भाँचिएको र उनको उपचार भइरहेको जनाइएको छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार घटनास्थल नजिकै एउटा पर्चा भेटिएको छ। उक्त पर्चाबारे अनुसन्धान जारी छ। विस्फोटबाट खेलाडी चढेको बसका सिसा फुटेका छन्, टायरहरु पनि फाटेका छन्। हमलाका कारण डर्टमण्ड र मोनाकोबीचको खेल २४ घण्टाका लागि पछि सारिएको छ।
–एजेन्सी