Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

भासु भिरबाट ट्रक खस्याे, विवरण अाउन बाँकी

Wednesday, April 12, 2017 National Power

३० चैत, कैलाली – गएराती भीमदत्त राजमार्गको भाँसुभिरमा ट्रक दुर्घटना भएको छ । डडेल्धुराबाट अत्तरिया तर्फ गईरहेको ना ६ ख ६१०१ नम्बरको ट्रक राती ११ बजेतिर उक्त भिरबाट अन्दाजी दुई किलोमिटर तल खसेको प्रहरीले जनाएको छ ।

रातीको घटना भएको र ट्रक निकै तल दुईकिलोमिटर टाढा खोलामा पुगेको भएकाले राती उक्त ठाउँमा जान असम्भव भएपछि आज बिहानै प्रहरीको टोली ट्रक खसेको टाउँमा गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्ररियाले जनाएको छ ।

हिजो राती सडकभन्दा केही तल ट्रकको गियर बक्स र टायर मात्र फेला परेको कार्यालयले जनाएको छ । घटनाको बिस्तृत बिबरण आउन बाँकी रहेको समेत जनाईएको छ ।