Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

(डिपिएल) क्रिकेट अन्तर्गत मंगलबारको पहिलो खेलमा विराटनगर किंग्स विजयी

Tuesday, April 11, 2017 National Power

२९ चैत, धनगढी – धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत मंगलबारको पहिलो खेलमा विराटनगर किंग्स विजयी भएको छ । विराटनगरले पारस खड्का कप्तान रहेको धनगढी टिम्स चौराहालाई २३ रनले हराएको छ ।

जितका लागि १ सय ३५ रनको लक्ष्य पछ्याएको धनगढी टिम्स चौराहाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो । धनगढीका अमर रौटेलाले २६ तथा अनिल मण्डलले २४ रन बनाए । राजु रिजाल १३ रनमा आउट भए भने पारस खड्काले २ तथा आरिफ शेखले एक रन मात्र बनाउन सफल भए।
यसअघि टस हारेर पहिला ब्याटिङको अवसर पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३४ रन बनायो । उसका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४६ रन बनाए । अनिल शाहले २८, प्रनित थापा मगरले २१, अमित श्रेष्ठले १९ तथा आशिफ शेखले १० रन बनाए ।