Wednesday 23rd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

आर्सनललाई गम्भीर झट्का लाग्यो

Tuesday, April 11, 2017 National Power

२९ चैत, – इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा रहँदै आउँदो सिजनको च्याम्पियन्स लिगका लागि छनौट हुने आर्सनलको सपनामा गम्भीर झट्का लागेको छ ।

हिजो राति भएको खेलमा आर्सनल रेलिगेशनबाट जोगिन संघर्षरत क्रिष्टल प्यालेससँग ३–० ले पराजित भएपछि उसको च्याम्पियन्स लिग सपनामा झट्का लागेको हो । घरेलु मैदानमा भएको खेलमा क्रिष्टल प्यालेसलार्य जिताउन एन्ड्रोस टाउनसेन्ड, योहान काबायी र लुक मिलिभोजेभिकले गोल गरे । १७ औं मिनेटमा टाउनसेन्डले गोल गर्दै सुरुवाति अग्रता दिलाए । ६३ औं मिनेटमा काबायी र ६८ औं मिनेटमा मिलिभोजेभिकले गोल गर्दै प्यालेसलाई जित दिलाए । जितपछि प्यालेस रेलिगेशन जोनबाट ६ अंकमाथि पुगेको छ । १६ औं स्थानको उसको ३१ खेलबाट ३४ अंक भएको छ । हारपछि छैटौं स्थानको आर्सनलको ३० खेलबाट ५४ अंक भएको छ । लिगका ८ खेल बाँकी हुँदा आर्सनल चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा सात तथा पाँचौं स्थानको म्यानचेस्टर युनाइटेड भन्दा तीन अंकले पछि छ ।