Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

आइपिएलमा पंजावको जीत

Tuesday, April 11, 2017 National Power

२९ चैत, भारत – आइपिएल अन्तर्गत हिजो भएको खेलमा किंग्स इलेभन पन्जाव विजयी भएको छ । इन्दोरमा भएको खेलमा रोयल च्यालेन्जर बंैगलोरले टस जितेर पहिले व्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १४८ रन बनायो । उसका लागि एविडि भिलियर्सले सार्वाधिक ८९ रन बनाए भने मन्दिप सिंहले २८ रनको योगदान गरे । पंजावका लागि बरुण अरुण ले २ विकेट लिए भने अक्सर पटेल र सन्दिप शर्माले १–१ विकेट लिए ।

जवाफमा १४९ रनको विजयी लक्ष्य लिएर मैदानमा ओर्लेको पंजावले १४.३ ओभरमा २ विकेट गुमाइ लक्ष्य भेट्टायो । उसका लागि कप्तान ग्लेन म्याक्सवेलले ४३ तथा हासिम आमलाले ५८ रनको योगदान गरे । त्यस्तै ओपनर मनन बोहराले पनि ३४ रनको पारी खेले ।
बैंगलोरका लागि टायमल मिल्स र युजविन्द्र चाहलले १–१ विकेट लिए ।

आइपिएल अन्तर्गत पुने सुपरजाइन्टस् र देल्ली डेयरडेविल्स वीच नेपाली समय अनुसार बेलुका ८ः१५ बजे खेल हुनेछ ।