Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा प्रहरीसहित ११ जना घाइते

Tuesday, April 11, 2017 National Power

२९ चैत, भक्तपुर – बिस्केट जात्रा भक्तपुरमा सोमबारदेखि सुरु भएको हो । सो जात्रामा भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा प्रहरीसहित ११ जना घाइते भएका छन् ।
घाइते हुनेमा प्रहरी नायब निरीक्षक सरोज खत्री, प्रहरी जवान लक्ष्मी मल्ल, प्रहरी हवल्दार राजन कुमार खत्री, प्रहरी सहायक निरीक्षक अम्बिका लामा , भक्तपुर नगरपालिका बासिन्दाहरु मध्ये बंशगोपालका सरोज शिल्पकार, कमलविनायक निवासी संजिव मढीकर्मी, सुरज ठकुरी, भनपा ३ का सुरेश जटुजु, भनपा १३ का शिक्षिज धुकुवा, मनोहर चौथी र गोकुल सुवाल रहेका छन् ।
घाइतेमध्ये प्रहरी नायब निरीक्षक खत्रीको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि प्रहरी अस्पताल रिफर गरिएको छ भने अन्य घाइतेको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । तौमढीमा रथ तान्ने क्रममा राति ९ बजेदेखि भएको ढुङ्गा हानाहान भएको थियो ।