Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

बर्दियामा बस दुर्घटना हुँदा ३४ जना घाइते

Monday, April 10, 2017 National Power

२८ चैत, बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत आइतबार राति ११ बजे यात्रु बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । सुदूरपश्चिमको दार्चुलाबाट काठमाडौंका लागि छुटेको ना ६ ख १२२७ नम्बरको रात्रि बसले मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । घाइते धेरैको टाउकोमा चोट लागेको छ भने केहीको हात खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई भुरीगाउँको केपी पोलीक्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।