Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

धनगढी प्रिमियर लिग शुरु

Monday, April 10, 2017 National Power

२८ चैत, धनगढी – नेपाली क्रिकेटको वहुप्रतिक्षित धनगढी प्रिमियर लिग आज बाट शुरु भएको छ । उद्घाटन खेलमा सिवाइसि अत्तरियाले काठमाडौँ गोल्डेन्सलाई ४० रनले पराजित गरेको छ । टस हारेर पहिले व्याटिङको निम्तो पाएको अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनाएको थियो । उसका लागि शंकर रानाले सर्वाधिक ५७ रन बनाउँदा ज्ञानेन्द कुँवरले ३४ रनको योगदान दिए । काठमाडौँका लागि सोमपाल कामीले २ विकेट लिए ।

जवाफमा १४७ रनको विजयी लक्ष्य लिएर मैदानमा उर्तेको काठमाडौँले १८.४ ओभरमा सबै विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो । उसका लागि सोमपाल कामीले सार्वधिक ४० रन बनाउनु बाहेक अन्यलेले उल्लेखनीय योगदान दिन सकेनन् । अत्तरियाका लागि अभिनाष बोहोराले ४ तथा विनोद लामाले ३ विकेट लिए ।

अहिले रुपन्देही च्यालेन्जर र कञ्चनपुर आइकोनिक विच खेल हुँदैछ ।